फागुन २ देखि विराटनगरमा विराट फुड फेस्टा हुने

विराटनगर, माघ ६
आगामी फागुनमा विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । भाजु युवराज फाउण्डेसन र एन वाई इ एफको संयुक्त आयोजनामा हुन लागेको सो फुड फेस्टा फागुन २ गतेदेखि ४ गतेसम्म विराटनगरको होटल नमस्कारमा चल्ने छ ।

फुड फेस्टामा विभिन्न जातजातिका लोकप्रिय स्वादिस्ट परिकारहरुका स्टल राखिने विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

सो फुड फेस्टामा नेवारी, मारवाडी, मगर , थारु राजवंशी, मुस्लिम लगायत विभिन्न समुदायका स्वादिष्ट खानाका साथै चाईनिज, इण्डियन, कन्टिनेन्टल खानाका स्टलहरु रहने आयोजकले जनाएको छ ।

Advertisement

फुड फेस्टामा विभिन्न स्थानीय तथा राष्ट्रिय गायक गायिकाहरुले सांगितिक प्रस्तुती दिने तथा मेलास्थलमा बालबालिकाका लागि किड्स जोन पनि हुने भाजु युवराज फाउण्डेसनका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिए ।

फुड फेस्टामा जाने ब्यक्तिहरुले आफुलाई मन पर्ने डिस रोजेर मिठा परिकारहरु मिठास लिन सक्ने तथा सांगितिक माहोलमा रमाउन सक्ने उनले बताए ।

Advertisement

मेला ब्यापारिक हिसाबले मात्र नभई विभिन्न जातजातिका परिकारहरुको प्रवद्र्धनका लागि गर्न लागिएको आयोजकले जनाएको छ । फुड फेस्टामा ७० देखि ८० वटासम्म परिकारका स्टलहरु रहनेछन् भने करिब १५ हजार मानिसहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

फुड फेस्टामा प्रवेशका लागि टिकट स्वरुप रु.५० लाग्ने छ । ३ दिनसम्म चल्ने फेस्टाको ब्यवस्थापकीय जिम्मा मञ्जिना मुभिज क्रियसनले लिएको छ । करिब ४ वर्ष अगाडि विराटनगरमा पहिलो फुड फेस्टको आयोजना भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top