इंग्लिस प्रिमियर लिग : टोटेनहमको पूनरागमन जित

LONDON, ENGLAND - JANUARY 20: Harry Winks of Tottenham celebrates after he scores his sides second goal during the Premier League match between Fulham FC and Tottenham Hotspur at Craven Cottage on January 20, 2019 in London, United Kingdom. (Photo by Clive Rose/Getty Images)

एजेन्सी, माघ ७
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले फुलहमलाई २–१ ले पराजित गरेको छ ।आईतबार सम्पन्न खेलमा स्पर्सले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

स्पर्स खेलको १७औं मिनेटमा फर्नान्डो लोरेन्टको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा लोरेन्टले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । एक गोलले पछि परेपछि टोटेनहमले लगातार दवाव सिर्जना गरेपनि थप गोल गर्न भने दोस्रो हाफ नै कुर्नुप¥यो ।

५१औं मिनेट डेल अलीले बराबरी गोल फर्काए । उनले क्रिस्टियन इरिक्सनको पासलाई गोलमा परिणत गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गर्दै स्पर्सलाई महत्वपूर्ण ३ अंक दिलाए । जितपछि स्पर्सले दोस्रो स्थानको सिटीसँगको दुरी ५ मा झारेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा ९ अंकले पछि छ ।