एजेन्सी, माघ ७
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले फुलहमलाई २–१ ले पराजित गरेको छ ।आईतबार सम्पन्न खेलमा स्पर्सले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
स्पर्स खेलको १७औं मिनेटमा फर्नान्डो लोरेन्टको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा लोरेन्टले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । एक गोलले पछि परेपछि टोटेनहमले लगातार दवाव सिर्जना गरेपनि थप गोल गर्न भने दोस्रो हाफ नै कुर्नुप¥यो ।
५१औं मिनेट डेल अलीले बराबरी गोल फर्काए । उनले क्रिस्टियन इरिक्सनको पासलाई गोलमा परिणत गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गर्दै स्पर्सलाई महत्वपूर्ण ३ अंक दिलाए । जितपछि स्पर्सले दोस्रो स्थानको सिटीसँगको दुरी ५ मा झारेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा ९ अंकले पछि छ ।