×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

एभरेष्ट स्कुलको रजत जयन्ती सम्पन्न (फोटो फिचरसहित)

११ माघ २०७५

विराटनगर, माघ ११
विराटनगर स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सव (रजत जयन्ती) तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न गरेको छ । विराटनगर–५ मा रहेको विद्यालयको नयाँ भवन निर्माणस्थलमा दुई दिनसम्म चलेको वार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको हो ।

Advertisement
Advertisement

विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा सम्पन्न महोत्सवमा विद्यार्थीहरुले नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले आफुले पनि ३७ वर्ष लामो अध्यापन पेशा गरेको बताउँदै केही अनुभवहरु सुनाएका थिए । उनले एभरेष्टले विद्यार्थीलाई दिएको गुणस्तरीय शिक्षाका कारण आज यस ठाउँमा उभिएको बताउँदै भविष्यमा सफलताको शुभकामना दिएका थिए ।

रजत महोत्सवमा आयोजित कार्यक्रममा बोल्दै एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले शिक्षालाई सिप र प्रविधिसँग जोड्ने कुरामा आफुहरु अगाडि बढेको बताए । उनले तीन विघा जग्गामा स्कुलले नयाँ प्रोजेक्ट सुरु गरेको जानकारी दिँदै युरोपियन र अमेरिकन सिस्टममा आधारिक अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने बताए ।

एभरेष्ट स्कुलका अध्यक्ष विनोद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पुर्व सांसद हर्कमान तामाङ, एभरेष्टका पुर्वप्रध्यानाध्यापक धु्रवकुमार सुवेदी, शिक्षिका देवीमाया ढकाल र कार्यालय सहायक मञ्जु थापालाई विशेष सम्मानद्धारा सम्मानित गरिएको थियो ।

रजत महोत्सवको पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख नरेशकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

२०५० साल पुसमा स्थापना भएको एभरेष्टले हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आईरहेको छ । हाल विद्यालयमा २५ सय विद्यार्थी अध्ययनरत छन् भने २ सय५० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।

Advertisement

 

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top