×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बैंकको चर्को ब्याजदरविरुद्ध मोरङ सुनसरी करिडोरका उद्योगी आन्दोलित

११ माघ २०७५

विराटनगर, माघ ११
बैंकको बढ्दो व्याजदर र सिण्डिकेट पद्धतिकाविरुद्धमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी ब्यापारी आन्दोलित भएका छन् । लामो समयदेखिको लोडसेडिङ, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र पछिल्लो समयको करको भार खेप्दै आएका उद्योगी ब्यापारीले बैंकको बढ्दो व्याजदरविरुद्ध आन्दोलन घोषणा गरेका हुन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा बैंकको बढ्दो व्याजदर, सिण्डिकेट पद्धतिका विरुद्धमा आन्दोलन गर्ने भएका हुन् ।

बैंकहरुको मनोमानी र सिण्डिकेट पद्धति कायम रहँदा धेरै उद्योगहरु दैनिक रुपमा बैंकको बढ्दो ब्याज थेग्न नसकी बन्द हुने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्न बाध्य हुनु परेको उद्योगी, व्यवसायीहरुको गुनासो रहेको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैंकहरुको चर्को ब्याजदर र सिण्डिकेटका कारण उद्योग, व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् ।

Advertisement
Advertisement

औद्योगिक क्षेत्रका राहतका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि उद्योग व्यवसाय क्षेत्रहरुमा बैंकहरुबाट हुने लगानीमा बैंकको बढ्दो र चर्को ब्याजदर नियन्त्रण गरिनु पर्छ भनी उद्योगी, व्यवसायीहरु र नीजि क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले बाध्य भएर सांकेतिक विरोध गर्नुपरेको उद्योगी, व्यापारीले बताएका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंक मार्फत उद्योग , व्यवसाय क्षेत्रको राहतका लागि उत्पादन मूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकत्म ७ प्रतिशत र व्यवसायीक क्षेत्रमा ९ प्रतिशतसम्म नबढाइ ब्याजदर कायम गरियोस् र बैकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गरियोस् भनी माग राखेका छन् । अहिले बैकहरुले १४ प्रतिशतसम्म ब्याज लिदै आएका छन । यदि आफ्ना मागहरु पूरा नभएमा आन्दोलन शसक्त बनाउने उनीहरुले बताएका छन् ।

उनीहरुले प्रथम चरणका कार्यक्रम अन्तर्गत यही माघ १३ गते बिहान १० बजे सिडियो कार्यालय मोरङ मार्फत प्रधानमन्त्री, अर्थमन्त्री,उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री,प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्बन्धीत निकायमा पठाउने र सोही दिन ११ बजे राष्ट्र बैक विराटनगरमा ज्ञापन बुझाउने जनाइएको छ ।

Advertisement

यस्तै माघ २० गते नेपाल राष्ट्र बैक विराटनगर प्रदेश नम्बर १ मा विहान साढे ९ बजेदेखि ११ बजेसम्म मूल गेटमा धर्ना दिने, २१ गते १२ बजेसम्म धर्ना दिने , २२ गते २ बजेसम्म धर्ना दिने , २३ गते ४ बजेसम्म धर्ना दिने उद्योगी व्यापारी बताएका छन् । यदी आफ्ना मागहरु बेवास्ता गरे २४ गते सम्पूर्ण उद्योग व्यवसायको साचो जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरी निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । मोरङ, सुनसरी औधोगीक करिडोरमा ६ सय भन्दा धेरै साना ठूला उद्योगहरु संचालनमा रहेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top