केशलिया खोलामा बोराभित्र भेटिएको शव प्रकरणमा एक युवक पक्राउ

११ कात्तिक २०८३, बुधबार
Share this
773shares

११ कार्तिक , काठमाण्डौ ।

Advertisement

सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलामा बोराभित्र शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीद्वारा एक युवकलाई विराटनगर–६ सरौचियाबाट पक्राउ ।

मृतक भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्यामा ती युवाकै सम्लग्नता रहेको आशंका ।

Advertisement

उनको घरबाट हत्यामा प्रयोग गरिएको दाबी सहित फलामको रड समेत बरामद ।

विराटनगर महानगरपालिका–११ केसरियामा डेरा गरी बस्दै आएका ६९ वर्षीय गुप्ता ब्याट्री मर्मतको पसल सञ्चालन गर्दै आएका थिए।

Advertisement

उनी डेराबाट १५ मिनेटमै फर्कने भन्दै निस्किएका थिए।

तर, भोलिपल्ट बिहान स्थानीयले खोलामा बोराभित्र बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार गुप्ताको शव पहिले तन्नाले बेरिएको र त्यसपछि प्लास्टिकको बोराभित्र राखेर खोलामा फालिएको अवस्थामा भेटिएको थियो।

उनको मोबाइल भने घटनास्थलमा फेला परेको छैन।

सुनसरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ भने पक्राउ गरेका युवा बारे पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ ।

प्रारम्भिक अनुसन्धानमा घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता हुन सक्ने आशंका ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top