×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

कांग्रेसका युवा नेताबीच होडबाजी: दुई धारमा युवा नेता

१८ पुष २०७४

पुसको पहिलो साता कांग्रेसका युवा नेता चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडैल, धनराज गुरुङलगायत नेताले बैठक राखे भन्ने सूचना सार्वजनिक भएको केही घन्टामै पार्टीका विभिन्न भ्रातृसंगठनका अध्यक्षहरूको बैठक बसेको सूचनासमेत सार्वजनिक भयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । खासगरी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी कमजोर देखिएसँगै पार्टीका युवापंक्तिका नेताहरू पनि दुई धारमार्फत समानान्तर गतिविधिमा उत्रिएका छन् ।

भण्डारी र थापासहितको पंक्तिले पार्टीभित्र ठूलो परिर्वतनको अपेक्षा राखेको छ भने अर्को समानान्तर बैठक गरेको भ्रातृ संगठनका अध्यक्षहरू पार्टी सभापति शेरबहादुर देउवाको प्रतिरक्षामा उत्रिएको भान हुन्छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको अगुवाइमा भइरहेको खेमाको युवा बैठकले सातवटै प्रदेशमा समीक्षा गोष्ठी गर्ने निष्कर्ष निकालेको छ ।

Advertisement
Advertisement

आतबार मात्रै भण्डारी, थापा, पौडैलसहितका सात युवा नेताले संयुक्त रूपमा सार्वजनिक अपिल नै जारी गर्दै पार्टी नेतृत्वलाई केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेर महासमिति बैठक डाक्न माग गरे । यो समूहको अगुवाइ गरिरहेका भण्डारी भन्छन्, ‘हामी सम्रगमा पार्टीसामु आइपुगेको चुनौती कसरी सामना गर्ने भन्नेबारे चिन्तित भएर लागेका छौं । तर, केही युवा साथीले त्यसलाई गलत ढंगले लिनुभयो ।’

Advertisement

नेविसंघका अध्यक्ष महरले आफूहरूले भण्डारी, थापालगायत युवा समूहले गरिरहेका गतिविधिलाई इन्काउन्टर दिनेगरी बैठक र कार्यक्रम नगरेको दाबी गरे । उनले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘हामी पार्टीको वैधानिक निकाय हौं, त्यही भएर पार्टी निर्वाचनमा किन र कसरी कमजोर भयो भनेर समीक्षा मात्रै गर्न लागेका हौं । महरले यसो भनिराखे पनि कांग्रेसभित्रका युवा समूह दुई कित्तामा बाँडिएको कुरा उनीहरूको गतिविधिबाट प्रस्ट भएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top