विराटनगरका अभिनास थापा देशकै चिन्नैपर्ने अग्रणी युवाको सुचीमा

विराटनगरका अभिनास थापा देशकै चिन्नैपर्ने अग्रणी युवाको सुचीमा

विराटनगर, माघ १५
विराटनगरका युवा अभियान्ता अभिनास थापा नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचीमा परेका छन् । विराटनगरका जेसीज, हामी युवा तथा विराटनगरी लगायत विभिन्न संघसंस्थामा रही सक्रिय युवा अभियानमा लागेका थापा लिड ईन्टरनेशनल नेपालको ‘इन द मेकिङ – नेपालका चिन्नैपर्ने अग्रणी युवा’ मा पर्न सफल भएका हुन् ।

वर्ष २०१८ मा नेपाल जेसीजको राष्ट्रिय जुनियर जेसीज संयोजक भई देशभरिको जुनियर युवाहरुलाई नेतृत्व प्रदान गरेको थापालाई सो सुचीको सामाजीक क्षेत्रमा चयन गरिएको हो । देशभरीका युवाहरु मध्ये सकारात्मक परिवर्तनमा काम गरेको भन्दै थापालाई मनोयन गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.