×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

हिसान मोरङ स्पोर्टस मिटमा कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी

१५ माघ २०७५

विराटनगर,माघ १५
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको एथलेटिक्सतर्फ कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी भएका छन् । क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा भलिबलको छात्रतर्फ कोसी र सिर्जनाज्ञान कुञ्ज तथा छात्रातर्फ रेडस्टार कलेज विजयी भएका छन् ।

हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा कोसी कलेजकी सविता श्रेष्ठ प्रथम, अर्किड कलेजकी ज्योति त्रिताल दोस्रो र अर्किडकै विन्दु चौधरी तृतीय हुँदै उपाधि जिते । छात्र १ सय मिटर दौडमा मेरिल्याण्डका समिर कठायत प्रथम, मेरिल्याण्डकै समिर क्षेत्री दोस्रो र कान्तिपुरका योगबहादुर खड्का तृतीय हुँदै उपाधि जितेका छन् ।

Advertisement
Advertisement

त्यस्तै २ सय मिटर छात्र दौडमा कान्तिपुरका योगबहादुर खड्का प्रथम, मेरिल्याण्डका समिर कठायत दोस्रो र मेरिल्याण्डकै समिर क्षेत्री तृतीय हुँदै उपाधि जिते । २ सय मिटर छात्रा दौडमा कोसीकी सविता श्रेष्ठ प्रथम, अर्किडकी ज्योति त्रिताल दोस्रो र मोर्डनएराकी आरती साह तृतीय हुँदै उपाधि जिते । त्यसैगरी क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले कोसी कलेजलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरको छ ।

टस जितेर पहिलो ब्याटिङ थालेको कोसीले २० ओभरमा ८ विकेटको क्षतिमा १२४ रन बनायो । जसमा कालीचरण यादव र अमित यादवले २९–२९ रन र रिकी देवकोटाले १९ बनाए । बलिङमा मेरिल्याण्डका शुभज्ञ पाण्डेले ३ तथा सक्षम कार्की र कृष्ण मण्डलले २–२ विकेट लिए । १२५ रनको विजयी लक्ष्य पछ्याएको मेरिल्याण्डले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सकिबले ५७ र अमन आजदले २९ रन बनाए ।

बलिङमा कोसीका विशाल मण्डल, अमन यादव र रिकी देवकोटाले समान १–१ विकेट लिए । दोस्रो खेलमा अरनिको कलेजले अर्किड कलेजलाई ४८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको अरनिकोले १८ ओभर ३ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो । जसमा अदिस रायले १४ र अभिज्ञान यादवले ११ रन बनाए । बलिङमा अर्किडका सुरेन मण्डलले ४ विकेट लिए भने मंजिल कामत र सिद्धार्थले २–२ तथा मोहित अर्याल र प्रदीपले १–१ विकेट लिए ।

८६ रनको विजयी लक्ष्य पछ्याएको अर्किडले १६ ओभर ३ बलमा सबै विकेटको क्षतिमा ३८ रनमै समेटियो । जसमा मोहित अर्याल र मंजिल कामतले ८–८ रन बनाए । बलिङमा अरनिकोका म्यान अफ द म्याच अभिज्ञान यादव र अमित झाले २–२ विकेट लिए भने प्रशान्त पोखरेलले १ विकेट लिए । त्यस्तै भलिबल छात्रातर्फ रेडस्टार कलेजले कोसी कलेजलाई २५–२२ र २५–२१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । उमेन अफ द म्याच रेडस्टारकी अन्जली लिम्बू भइन् । रेडस्टारले बुधबार उपाधिका लागि शिक्षादीप कलेजसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

छात्रतर्फ मोर्डनएरा कलेजले कोसी कलेजलाई १६–२५, २५–२१, २३–२५, २५–२३ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच मोर्डनएराका रविन गौतम भए । मोर्डनएराले उपाधिका लागि बुधबार सिर्जना ज्ञान कुञ्ज र कान्तिपुरबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ । हिसान स्पोर्टस् मिटअन्तर्गत बुधबार फुटबल, क्रिकेट र भलिबलका खेलको फाइनल खेल हुनेछ । फुटबलमा मोर्डनएरा र ग्रिनल्याण्डबीच हुनेछ । क्रिकेटमा अरनिको र मेरिल्याण्डबीच हुनेछ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top