एजेन्सी,माघ १६
स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक मुल्यवान खेलाडीको अवार्ड जितेका छन् । स्पेनको प्रतिष्ठित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हरेक बर्ष प्रदान गर्ने सो अवार्ड ३१ वर्षीय मेस्सीलाई सिजन २०१७÷१८ का लागि प्रदान गरिएको हो ।
सोमबार राती आयोजित कार्यक्रममा मेस्सीलाई ला लिगाका अध्यक्ष जाभिर टेबासले अवार्ड प्रदान गरे ।यो सँगै मेस्सीले आठ पटक अवार्डमा कब्जा जमाए । सन् २००९÷१० देखि सुरु भएको यस अवार्ड मेस्सी बाहेक अन्य दुई खेलाडीले मात्र जितेका छन् ।
१० संस्करणमा आव वटा मेस्सीले जित्दा रियल म्याड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले २०१३÷१४ र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यानले २०१५÷१६ मा एक एक पटक जितेमा थिए ।