एजेन्सी, माघ १६
च्याम्पियन्स लिगको बल बनाउने जिम्मा लिदै आएको अडिदास कम्पनीले यो पाली को नक-आउट चरणमा खेलाइने बलको बारेमा सामाजिक संजालमा केहि उल्लेख गरेको छ ।
एडिडासले बनाएको नयाँ बललाई ‘मड्रिड १९’ नाम दिइएको छ । बलमा ‘मड्रिड १९ फाइनल’ लेखिएको छ ।
युइएफएले पनि सो बललाई प्रतियोगिताको नकआउट चरणमा खेलाउने बलका रूपमा सार्वजनिक गरेको छ । प्रतियोगिताको अन्तिम १६, अन्तिम अन्तिम चार र फाइनलमा समेत सोही बेल प्रयोग हुनेछ ।
सार्वजनिक बल सुन्तला रङको रहेको छ । एडिडासले बनाएको बलमा हल्का रातो र सुन्तला रङ मिश्रित छ । सँगै, सेतो रङमा ५ वटा तारासमेत छन् । बेलमा एडिडासले ‘अफिसियल म्याच बल’ लेखेको छ भने आफ्नो कम्पनीको नाम ‘एडिडास’ पनि लेखेको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरू नेपाली समयअनुसार फेब्रुअरी १३ तारिखदेखि हुँदैछन् ।