×

NEPAL TIMES UPDATES

Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026

वि.पी. प्रतिष्ठान धरानमा छानविन गर्नेबाटै अनियमितता, रजिष्टारद्वारा विना टेण्डर करोडौंको काम

धरान, माघ १६
धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारले पदीय दुरुपयोग गर्दै करोडौं भ्रष्टाचार गर्दै आएको देखिएको छ । केहि महिना अघि प्रतिष्ठानमा भएका अनियमितता छानविन गर्न सरकारले स्वास्थ्य मन्त्रीको संयोजकत्वमा बनाएको छानविन समितिका सदस्य समेत रहेका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ब्यक्तिगत लाभका लागि पदीय दुरुपयोग गरेको खुलासा भएको हो ।

Advertisement

प्रतिष्ठानका तत्कालिन उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाससँगको मिलेमतोमा भएका विभिन्न अनियमितताहरुको चंगुलमा प्रतिष्ठान नराम्रो सँग फसेको भन्दै वर्तमान उपकुलपति प्रा. डा. राजकुमार रौनियारले उक्त अनियमितताहरु रोक्न खोज्दा उपकुलपतिलाई नै हटाउँछु भनि प्रतिष्ठानका कामकारवाही समेत प्रभावित बनाउँदै रजिष्टार उपकुलपति हटाउने योजनामा लागिरहेको आरोप लगाएका छन । आफ्नो कार्यकालको अन्तिम ७ महिना मात्र बाँकी रहेका रजिष्टार पछिल्लो समय नेकपाका जिल्ला र केन्द्रका नेता कार्यकर्तासँग उपकूलपति हटाउनु पर्यो भन्दै हारगुहार गर्दै हिडिरहेको रौनियारले बताए ।

१. (NFRS) को नाममा करोडौं भुक्तानी
सार्वजनिक खरिद ऐन, नियमावली र प्रतिष्ठानको आर्थिक प्रशासन नियमावलीको ठाडो उलंघन गर्दै खर्च न्यून हुने आम्दानी बढि हुने भित्री मनसायले रजिष्ट्रारको योजनामा प्रतिष्ठानले मिति २०७१/०८/२९ गतेको नागरिक दैनिक पत्रिका मार्फत १५ दिनको म्याद दिएर ल्ँच्क् सम्बन्धि कार्य गर्ने फर्महरूसँग आसय पत्र माग्यो । ल्ँच्क् को आवश्यक्ता र मापदण्ड अनुसार प्रतिष्ठानको Accounting Manual/System निर्माण र विकास गर्ने तथा सो प्रणाली बारे प्रतिष्ठानका कर्मचारीलाई तालिम समेत दिने भनि खोलिएको आसय पत्र हेर्दा र सुन्दा अत्यन्त सकारात्मक तर चरम भ्रष्टाचारको नियतले अभिप्रेरित भएको उपकूलपति रौनियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै समय विभिन्न फर्म मार्फत अडिट गर्दै हिँड्ने रजिष्ट्रार श्रेष्ठका व्यापारिक साझेदार काठ्माडौंका चार्टर एकाउण्टेण्ट सुबोधकुमार कर्णको नाममा रहेको Subodh Associates लाई सानो रकममा काम जिम्मा दिएर करोडौं भुक्तानी गरी आर्थिक अपचलन गर्ने नियतले प्रकाशित आसयपत्र मार्फत प्रस्ताव पेश गर्ने फर्महरुको प्राविधिक मुल्यांकन अंक निर्धारण नै यस्तो तवरले गरियो कि, Subodh Associates कै योजनामा पेश भएका तिन वटा फर्म मात्र छनौट भएका थिए ।

लागत, सम्झौता र भुक्तानी रकममा आकाश जमिनको फरक
प्रतिष्ठानका लागि Accounting Manual/System निर्माण र विकास गर्न भन्दै NFRS का लागि रु २३ लाख ७९ हजारको लागत स्टिमेट प्रतिष्ठानलाई बुझाएको थियो । तर,रजिष्ट्रार श्रेष्टले अनेक हतकण्डा अपनाएर कमिशनको लोभमा सुवोध एशोसिएटससँग लागतको झन्डै तीन गुणा बढि रकम अर्थात ६७ लाख ८० हजारमा कार्य सम्झौता गरेको छ । तर, यहाँ समेत रजिष्ट्रार तुलबहादुर श्रेष्ठले सुवोध एशोसिएटससँगको मिलेमतोमा सम्झौता रकम बढाएर भुक्तानी भने १ करोड ५० लाख दिएको देखिएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

चेक काण्ड
गत बैशाख महिनामा वि.पी. प्रतिष्ठानसँग कुनै कारोवार नभएका जीवन पौडेलको नाममा पाँच लाख पचास हजारको बेयर चेक काटेर दिएपछि रजिष्ट्रारको पर्दाफास भएको हो । २०७५ बैशाख २३ गते एनआइसी एशिया बैंकमा रहेको प्रतिष्ठानको खाता नम्बर २३४१०१४८०५५२४०१४ को चेक नम्बर १६७५०६५० बाट जीवन पौडेलको नाम काटिएको चेक किन र कसले काट्यो प्रतिष्ठानलाई थाहै भएन । संस्थाले एसी पे चेक रिलिज गर्ने भएपनि रजिष्ट्रार तुलबहादुर श्रेष्ठले जीवन पौडेलका नाममा चेक रिलिज गरिदिएको देखिन्छ । त्यत्ति मात्र हैन, जब चेक काण्ड सञ्चारमाध्यममा आयो, एनआइसी एशिया बैंकले छानविन गर्न थाल्यो । यो कुरा स्वास्थ्यमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत पुगेपछि प्रतिष्ठानका उपकुलपतिले रजिष्ट्रार श्रेष्ठलाई र लेखाका शाखाका कर्मचारीलाई स्पष्टिकरण लिएको छ । अचम्म लाग्दो कुरा त्यत्तिबेला भयो, जतिबेला जीवन पौडेलको नाममा काटिएको चेकबाट झिकिएको साँढे पाँच लाख रकम पुनः प्रतिष्ठानको खातामा जम्मा भएको देखिन्छ ।

नियमावली ११ को घ
प्रतिष्ठानमा नियमावली ११ को घ अन्र्तगत सिनेट बोलाउन स्वास्थ्यमन्त्रीले उपकूलपतिलाई बारम्बार दवाव दिइरहेका छन् । प्रतिष्ठानको नियमावली घ भनेको पदाधिकारीलाई बर्खास्त गर्न बनेको नियमावली हो । उपकुलपतिले रजिष्ट्रार श्रेष्ठ, स्वास्थ्यमन्त्री यादव, पूर्वउपकुलपति डा. दास, प्रतिष्ठानमा बर्तमान शिक्षाध्यक्ष डा. गुरु खनाल लगायत केहि मेडिकल ब्यापारी नै आफुलाई हटाउन लागिपरेको थाहा पाएपछि सिनेट डाक्न सकिरहेका छैनन् ।

त्यसो त, प्रतिष्ठानको सिनेट बस्नका लागि एजेण्डा हुन आवश्यक छ । तर, प्रतिष्ठानले आर्थिक वर्ष ०७५÷०७६को समेत एजेण्डा पास गरिसकेको उपकुलपतिको भनाई छ । यादवले आफै सिनेट बोलाउँदा ऐन विपरित हुने अवस्था छ । प्रतिष्ठानको नियमावलीमा सिनेट उपकुलपतिले बोलाउनु पर्ने ब्यवस्था छ । प्रतिष्ठानको नियमावली, रजिष्ट्रारको गलत कृयाकलाप र नेकपाका केहि जिल्ला नेताहरुको दवावले यतिबेला स्वास्थ्यमन्त्रीको निद हराम भएको छ ।

भर्खरको समाचार

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top