बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दै

काठमाडौं, माघ १६
बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दै गएको छ । बीमा समितिले दिएको जानकारी अनुसार बाली तथा पशुपन्छी बीमा गर्नेको संख्या बढ्दै गएको छ । उक्त बीमाकै लागि सरकारले ७५ प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ बीमाङ्क संकलन भएको बीमा समितिले जनाएको छ । यस्तै, सोही अवधीमा बीमा शुल्क भने २७ करोड ६० लाख ७ सय ४६ रुपैयाँ संकलन भएको छ । साथै, बीमा लेख संख्या ३५ हजार ५ सय ५५ पुगेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मात्रै बाली तथा पशुपन्छी बीमांक ४ अर्ब ६८ करोड ३० लाख ३९ हजार ६ सय १० रुपैयाँ संकलन भएको थियो । दौश्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ७५ लाख ५० हजार ६ सय ९७ रुपैयाँ बीमा शुल्क संकलन भएको थियो भने दोश्रो त्रैमास पुस मसान्त सम्ममा २७ करोड ६० लाख ७ सय ४६ रुपैयाँ संकलन भएको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्मा उल्लेछ छ । साथै, पहिलो त्रैमासमा बीमालेख संख्या २७ हजार ८ सय १४ रहेको थियो भने दोस्रो त्रैमाससम्म आइपुग्दा वृद्धि भएर ३५ हजार ५ सय ५५ पुगेको छ ।

बाली तथा पशुपन्छि बीमामा किन आकर्षण बढ्यो त ? बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ भन्छन्–‘पछिल्लो समय देशैभर बीमाका कार्यक्रम सञ्चालन भए, त्यसको फलस्वरुप बीमाको आधारभूत ज्ञान पाउनेहरुले बीमामा सहभागी हुन रुचाए । त्यसैले यसको सकारात्मक असर कृषी बीमामा समेत पर्न गयो, पशु तथा बाली धन बीमाको प्रिमियम ४२ प्रतिशतले बढेको छ ।’ अध्यक्ष चापागाईँले बीमामा विश्वास रहेको र बीमाप्रति सकारात्मक धारणा फैलदै गएको तर्क गरे ।

चालु आर्थिक बर्षको सुरुवातमा बीमा समितिले लघु बीमा निर्दे्शिका जारी गरेको थियो । यसरी निर्दे्शिका जारी गरेपश्चात बीमाका कार्यक्रममा सहभागिता बढ्दै गएको समितिको बुझाई रहेको छ । (विकास न्युजबाट)

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top