मुस्लिम समुदायको हितमा काम गर्ने कांग्रेस एक मात्र पार्टीः डा. कोइराला

१७ माघ ७५, शुक्रबार

विराटनगर,माघ १७
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले मुस्लिम समुदायको हितमा काम गर्ने नेपाली कांग्रेस एक मात्र पार्टी रहेको दावी गरेका छन् । नेपाल मुस्लिम संघ प्रदेश १ प्रदेशस्तरिय समितिको घोषणा कार्यक्रममा उनंले यस्तो दावी गरेका छन् ।

उनंले मुस्लिम समुदाय लगायतकै हितकालागि नेपाली कांग्रेसले समावेशी विधान बनाएको बताउदै सो समुदायलाई केन्द्रीय समितिमा समेत महत्वपूर्ण स्थान दिइएको दाबी गरे । नेता कोइरालाले मुस्लिम समुदाय कम्युनिष्ट हुनै नसक्ने दाबी समेत गरे ।

Advertisement

उनंले विश्वमा भएका पार्टीहरुको उदाहरण प्रस्तुत गर्दै विश्वका मुस्लमानहरु लोकतान्त्रिक पार्टीमै लागेको दाबी गरे । यसैबीच कार्यक्रममा नेपाल मुस्लिम संघ प्रदेश १ का लागि २४ सदस्यिय प्रदेशस्तरिय समिति घोषणा गरिएको छ । डाक्टर इसराइल मन्सुरको अध्यक्षतामा घोषणा गरिएको समितिको उपाध्यक्षमा महताब आलम र महिला उपाध्यक्षमा फुलेसरा खातुनलाई राखिएको छ ।

समितिको कोषाध्यक्षमा आबिद अन्सारी,सहकोषाध्यक्षमा हारुन रसिद,सचिवमा नइम अन्सारी,सहसचिवमा साहब अहमद गुड्डु र महिला सहसचिवमा रुक्मेना अख्तरलाई राखिएको छ । कार्यक्रममा कांग्रेस नेता अमृत अर्याल र विश्वनाथ रिजाल लगायतले नवगठित समितिलाई शुभकामना ब्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top