×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बंगलादेशमा बने नेपालीमूलका मन्त्री

१९ माघ २०७५

काठमाडाैं : बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे ।

यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले फोनमा भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’

Advertisement
Advertisement

नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो । वीरबहादुरलाई चितागोङ (चटगाव) हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ ।

Advertisement
Advertisement

बंगलादेशको उत्तरीपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार (बर्मा)सँग जोडिन्छ । हालै सम्पन्न ११ औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बने । सँगै पहिलो पटक क्याबिनेट मन्त्री पनि । उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलोपटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेका थिए । याे समाचार कान्तिपुरमा  छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top