नर्भिक अस्पतालबाट पारस शाह डिस्चार्ज

नर्भिक अस्पतालबाट पारस शाह डिस्चार्ज

काठमाडौँ, माघ १९
तेस्रो पटक हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन् । डाक्टर यादवदेव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरेको थियो ।

उपचारपछि निको भएका पारस शुक्रबार डिस्चार्ज हुँदा उनको उपचारमा सम्लग्न चिकित्सक र कर्मचारीले बिदाई तस्बिर खिचाएका थिए । पूर्व युवराजलाई तेस्रो पटक हृदयघात भएपनि सफल उपचार गर्न सफल भएको अस्पतालले जनाएको छ ।

डा. भट्टले आउँदा दिनमा पारसलाई आफ्नो स्वास्थ्यमा गम्भीर ध्यान दिन सुझाव दिएका छन । हृदयघात भएर अस्पताल भर्ना भएका पारसलाई भेट्न पूर्व राजा ज्ञानेन्द्र र पारस पत्नी हिमानी भने अस्पताल गएका थिएनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.