भेनेजुएला प्रकरणबारे प्रधानमन्त्री ओलीले अमेरिकी राजदुतलाई भने ‘शब्द चिप्लियो अन्यथा नलिनु’

काठमाडौं : अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्डको) वक्तव्यमा शब्द चिप्लिएको भन्दै प्रधानमन्त्री एंव नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी राजदुतलाई त्यसबाट नेपाल अमेरिका सम्वन्धमा असर नपर्ने र पर्न नहुने बताएका छन्।

भेनेजुएला प्रकरणबारे दाहालको व्क्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। यस विषयलाई ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रफ चिप्लिएजस्तै लिन अर्थाएका थिए। सम्बन्ध सकारात्मकतातिर लैजान प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

अमेरिकाले पनि ट्रम्पको ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको बिफ्रिङमा नेपाल भारतमा पर्ने भन्ने होइन भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम्स म्यागेजिन’ले गरेको थियो।, यो समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top