किताब समाउनुपर्ने हातमा राष्ट्रिय सेवा दलले हतियार समाउन दिइरहेछ

काठमाडाैँ : आफूतिर बन्दुकको नाल सोझ्याउँदै गरेका तस्वीर अगाडि भित्तामा लहरै र राखिएका छन्। हरियो चौरमा लाइनै सुतेर भित्तातिर एउटा सैनिक टोलि सत्रुलाई निशाना साँधिरेहछ।

यो यस्तो सैन्य तालिम हो, जो जहाँ करिअर बनाउन आएका होइनन्, यी त प्लस टु पढ्ने विद्यार्थी हुन्। जो सैनिक क्याम्पमा हतियारबद्ध तालिम लिइरहेका छन्। केहि दिनको तालिम सकेर उनीहरु सैनिक क्याम्पमा जम्मा भएर पुनः अभ्यास गर्ने छैनन्। आ–आफ्ना शिक्षालयमा फर्केर किताब समाउने छन्।

किताब समाउने उमेरकालाई नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलले भने हतियार समाउन सिकाइरहेको छ। एनसीसीले देशभरका विद्यालयमा अध्ययनरत ८ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई छानेर वार्षिक ५ हजार भन्दा बढीलाई अनुसासन, देशभीक्त, विपद् व्यावस्थापन, प्राथमिक उपचार, असल चालचलन, साहसिक क्रियाकलाप र सुरक्षासँग सम्बन्धित तालिक दिने गर्छ। यसको एउटा अंग हो निशाना तालिम। याे खबर आजकाे नेपाल साप्ताहिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top