ब्याजदर विवाद : अर्थमन्त्री कडा, गभर्नर मौन; बैंकरले भने– ‘तत्काल घटाउन सक्दैनौं’

काठमाडौं,फागुन ५

बैंकहरुले ऋणमा लिँदै आएको ब्याजदर घटाउने सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडा कडा देखिँदा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मौन देखिएका छन् । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना भने बैंकहरुसँग तत्काल ब्याजदर घटाउनसक्ने कुनै उपाय नभएको भन्दै आफुहरुले केही गर्नसक्ने बताएका छन् ।

आइतबार नेशनल बैंकिङ इन्सिच्युडद्वारा दशौं बार्षिकोत्सवको अवसरमा आयोजित ‘दि डेलिब्रेसन फर नेक्स्ट डिकेड’ कार्यक्रलाई सबैभन्दा पहिले सम्बोधन गरेका गभर्नर युवराज खतिवडाले आगामी दशकमा बैंक तथा वित्तीय संस्थाहरु प्रविधि र सेवाका हिसाबले निकै अघि बढ्ने र त्यसका लागि तयार रहन आग्रह गर्दै बैंकहरुले हाल ‘विजिनेस कम्युनिटी’ले बैंकहरुको ब्याजदर बढी भएको र यसले व्यवसाय गर्ने वातावरण बिगारेको भन्दै आन्दोलनमा उत्रिएको भन्दै त्यस्तो माग सम्बोधन गर्न आग्रह गरे । उनले त्यसमा अटेरी गरे सरकारले हस्तक्षेप गर्नसक्ने चेतावनी समेत दिए ।

Advertisement

तर अर्थमन्त्री खतिवडापछि बोलेका डा. चिरञ्जीवी नेपाल भने ब्याजदरको सन्दर्भमा मौन रहे । करिब ८ मिनेट लामो मन्तव्यका क्रममा डा. नेपाल बैंकहरुको शाखा, संख्या र प्राविधिक विकासबो सन्दर्भमा केन्द्रित रहँदा ब्याजदरको विषयमा भो कुनै प्रतिक्रिया जनाएनन् । उनले हाल ७०३ ओटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र देशभर बैंक तथा वित्तीय संस्थाका ७ हजार भन्दा बढी शाखा पुगेको भन्दै नेपालका बैंक तथा वित्तीय संस्थाले जनतासम्म पहुँच पुर्याएकोले अब आधुनिक सेवा, व्यवसायिक प्रभावकारिता र सुरक्षाका सन्दर्भमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

तर नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने तत्काल बैंक तथा वित्तीय संस्थाहरुले अहिलेको भन्दा ब्याजदर कम गर्नै नसक्ने अबस्थामा रहेको स्पष्ठ पारेका छन् । ‘गाउँगाउँमा शाखाको विस्तार गर्दा बैंकहरुको अपरेटिङ र कम्प्लाइन्स कस्ट अत्यन्त धेरै भएको छ । आन्तरिक बचतले ऋणको माग धान्न नसकेकोले निक्षेपमा ब्याजदर उच्च छ । यसले गर्दा हामीले केही गर्ने अवस्था छैन । ‘क्रेटिड कम्युनिटी’हरु बैंकका कारणले नै ब्याजदर धेरै भएको सोच्नुहुन्छ, तर त्यसो होइन । हाम्रो बेसरेट नै औसत १० प्रतिशत छ, यस्तो अवस्थामा त्योभन्दा कममा ऋण दिन सकिँदैन ।’ अध्यक्ष ढुङ्गानाले भने ।

Advertisement

उनले बैंकहरुले हरेक वर्ष स्प्रेडदर घटाउँदै लगेको र अर्को वर्ष सम्भवतः यो ४ प्रतिशत पुग्ने भन्दै अबको २/३ बर्षमा भने बैंकहरुको प्रभावकारिता बढ्ने र तरलता समेत सहज हुनसक्ने भन्दै त्यसपछि भने ब्याजदर घटाउनसक्ने दाबी गरे । ढुङ्गानाले अहिले बैंकहरु शाखा विस्तारको प्रतिस्पर्धामा रहेको भन्दै एक दशकपछि त्यो संख्या आधा कम गर्नुपर्ने वाध्यता आईपर्ने दाबी समेत गरे ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top