अनुमती नै नपाएका अष्टे«लियाका कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

अनुमती नै नपाएका अष्टे«लियाका कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ : शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो ।

त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् ।,यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.