४ महिनाअघि उद्घाटन गरेका विद्युतीय बस अलपत्र

४ महिनाअघि उद्घाटन गरेका विद्युतीय बस अलपत्र

काठमाडौं : चीनको बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ। ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको हो।,यो समाचार आजको नागरिक दैनिकमा छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उद्घाटन गरेका थिए। संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण सफा सवारीसाधन त्यसै थन्किएको हो। बसमा प्राविधिक कमजोरी भएको आरोप लगाउँदै सरकारले जैविक मैत्री बसको दर्ता प्रक्रिया सुरु गर्न इन्कार गरेपछि ती बस नक्सालस्थित ग्यारेजमा थन्किएका छन् ।

आयातित नयाँ बस टेन्डरमा उल्लेख भए बमोजिमका सबै मापदण्ड भएको भनेर तेस्रो पक्षको निरीक्षणबाट पुष्टि भइसकेपछि पनि सररकाले नयाँ बस सञ्चालनमा आनाकानी गरेको हो। प्रधानमन्त्री ओलीले सो बसेको कार्तिक ६ गते तामझामका साथ उद्घाटन गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.