भूकम्पका कारण सुस्ताएको होटलको लगानीमा सुधार, १ खर्ब लगानी भित्रियो

काठमाडौं : २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।

Advertisement

पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

पछिल्लो समयमा होटल उद्योगमा झण्डै साढे तीन खर्ब लगानीको प्रतिबद्धता आएको थियो। प्रतिबद्धताअनुसार लगानी आइसकेको छैन र मुलुकभरको यकिन तथ्यांक पनि छैन। नेपाल होटल संघ (हान) का पदाधिकारीको अनुमानमा निजी क्षेत्रबाट एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top