नेपाल एयरलाइन्समा जागिरको अवसर

१० फागुन ७५, शुक्रबार

काठमाडौं, फागुन १०
नेपाल एयरलाइन्सले विभिन्न पदमा १६५ जनाको लागि विज्ञापन प्रशान गरेको छ । रिक्त रहेका पदमा पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन निकालेको हो ।

Advertisement

एयरलाइन्सले प्राविधिकदेखि प्रशासनसम्मका पदमा विज्ञापन माग गरेको हो । एयरलाइन्सले शुक्रबार प्रकाशित गरेको विज्ञापनअनुसार प्रशासन समूहमा, पाइलटतर्फ सिनियर क्याप्टेन र जुनियर क्याप्टेन, इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ ।

लामो समयदेखि पाइलट अभावमा नियमित जहाज उडान नसकिरहेको सरकारी स्वामित्वको एयरलाइन्सले पाइलटको माग गर्दै विज्ञापन आव्हान गरेको छ । यसअघि विज्ञापन निकाल्दा एयरलाइन्सले पाइलटमा पर्याप्त आवेदन नै पाएको थिएन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top