माग पूरा गर्न डाक्टरले दिए ७२ घण्टे अल्टिमेटम

१२ फागुन ७५, आइतबार
Share this
696shares

काठमाडौं, फागुन १२
आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) ले आफ्नो माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । कर्मचारी समायोजन विधेकविरुद्ध आन्दोलनमा रहेको संघले माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो ।

Advertisement

७२ घण्टा भित्रमा माग सम्बोधन नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने संघले चेतावनी दिएको छ । सराकारले सहमति कार्यन्वयन नगरेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको संघले माग पूरा नभए देशभरका चिकित्सकहरुले सामुहिक राजीनामा दिने चेतावनी दिँदै आएको छ ।

सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच वार्ता भएपनि सहमति हुन सकेको छैन । चिकित्सकहरुको आन्दोलनका कारण बिरामी भने मारामा परेका छन् । डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामीले उपचार सेवा पाएका छैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top