काठमाडौं फागुन १२
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । स्विडिस प्रशिक्षक योहान कालीनलै राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएलगत्तै एन्फाले मैत्रीपूर्ण खेल तय गरेको हो । खेल मलेसियाको क्वालालम्पुरमा मार्च २५ मा खेलिनेछ ।
कालीनले यसै खेलबाट टोलीको बागडोर सम्हाल्नेछन् । यद्यपी उनलाई राष्ट्रिय टोलीका सबै सदस्य भने उपलब्ध हुने छैनन् । त्यही बेला एएफसी यू–२३ छनोट पनि रहेको हुनाले नेपाली टोलीका केहि सदस्य यू–२३ टोलीमा रहनेछन् ।
नेपालले एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा मार्च २२ देखि २६ सम्म प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपालको समूहमा आयोजक कतारसँगै अफगानीस्तान र ओमान रहेका छन् । यू–२३ टोलीमा प्रमुख प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्नेछन् ।