राष्ट्रपति भवन र नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न नपाइने

१२ फागुन ७५, सोमबार

काठमाडौं, फागुन १३
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ ।

‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै यी दुई स्थानलाई नयाँ ‘हेली लेन’ भित्र समावेश गरिएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले राष्ट्रपति भवन र भक्तपुरको गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारणको माथिबाट हेलिकोप्टर उडान नगर्ने गरी ‘हेली लेन’ कार्यान्वयनमा ल्याइएको जानकारी दिए। सरकारले राष्ट्रपति भवन र गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थललाई सुरक्षा दृष्टिकोणले काठमाडौँ उपत्यकाको प्रमुख संवेदनशील स्थलको रूपमा सूचीकृत गरेको छ ।

उनले ‘हेली लेन’ को कार्यान्वयनसँगै राष्ट्रपति कार्यालय, शीतल निवासभन्दा एकहजार फिट माथि हवाईजहाज उडाउन पाइने, तर हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने जानकारी दिए। त्यसैगरी, गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलभन्दा एक हजार पाँचसय फिटमाथि हवाईजहाज उडाउन गर्न पाइन्छ भने हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न पाइने छैन ।”

राष्ट्रपति कार्यालय र नेपाली सेनाको हातहतियार भण्डारण स्थल बाहेकका हवाइ रुटलाई यथावत राखिएको बताउँदै उनले काठमाडौंबाट बाहिरिने हेलिकोप्टरका लागि उपत्यकाको पूर्वमा साँगा र नालामाथिको दुईवटा रुट थप गरिएको जानकारी समेत दिए। उनले भने, “थप गरिएका यी दुई हवाई रुटलाई केही समयका लागि परीक्षणको रुपमा राखिने छ ।” ‘हेली लेन’ कार्यान्वयनका लागि हवाई उडान कम्पनीलाई प्राधिकरणको तर्फबाट परिपत्र भइसकेको जानकारी समेत उनले दिए ।

नयाँ ‘हेली लेन’अनुसार हेलिकोप्टरले बढीमा छ हजार फिटसम्मको उचाईमा काठमाडौँ उपत्यकामा उडान भर्न सक्ने प्राधिकरणले जनाएको छ । यसअघिको ‘हेली लेन’मा चार हजार आठसय फिटको उचाईमा मात्र हेलिकोप्टर उडान गर्न मिल्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, यसअघिको ‘हेली लेन’मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेका हेलिकोप्टरका लागि पूर्वतर्फ चाँगुनारायणको डाँडा, सुन्दरीजल र साँखु तथा पश्चिमतर्फ थानकोट, सीतापाइला, मनमैँजु र टोखाको रुट निर्धारण गरिएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top