×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

मेस्सी नयाँ किर्तिमान थप्दै

१३ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन १३
स्पेनिस ला लिगा फुटबलमा २ दिन भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई उसकै घरमा २–४ ले हरायो । सो खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले सनसनीपूर्ण ह्याट्रिक गरे । सो ह्याट्रिक गोलपछि मेस्सीले ला लिगामा यो सिजन कूल २५ गोल पूरा गरेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता हुन् । मेस्सीले ११ गोलका लागि असिस्टसमेत गरेका छन्

सो गोलपछि मेस्सी पिचिची अवार्डमा नयाँ रेकर्डतर्फ अघि बढेका छन् । ला लिगामा अझै १३ खेल बाँकी छन् । र, मेस्सीले २५ खेलपछि २५ गोल गरिसकेका छन् (२३ खेल खेल्दै) । हालको अवस्था हेर्दा मेस्सी यस सिजन पनि ला लिगाको सर्वाधिक गोकलर्ता बन्ने दौडमा स्पष्ट रूपमा अगाडि छन् ।

Advertisement
Advertisement

पछिल्लो ह्याट्रिकसँगै मेस्सी यस सिजन पनि पिचिची अवार्डको प्रमुख दाबेदार देखिएका छन् । उनीपछि दोस्रो सर्वाधिक गोलकर्ता बार्सिलोनाकै लुइस स्वारेज १६ गोलसहित रहेका छन् । हालकै अवस्थामा मेस्सी युरोपियन गोल्डेन बुटको दौडमा पनि अगाडि छन् । उनी युरोपका टप–५ लिगमा ला लिगाबाट सर्वाधिक गोलकर्ता हुन् ।

हाल लिगमा २५ गोल गरेका मेस्सीले पछिल्ला १० सिजन लगातार कम्तीमा २५ गोल पूरा गरेका छन् । लिगमा अझै १३ खेल बाँकी रहेकाले उनले गोल संख्या बढाउने पक्का छ ।

हाल मेस्सीको २५ गोलले उनलाई छैटौं पिचिची अवार्डको प्रमुख दाबेदार बनाएको छ । यदि यसपटक मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बने उनी सबैभन्दा बढी छैटौं पटक पिचिची अवार्ड जित्ने दोस्रो खेलाडी बन्नेछन् ।

हालसम्म पिचिची अवार्ड बार्सिलोनाकै पूर्वखेलाडी तेल्मो जर्राले सबैभन्दा धेरै ६ पटक जितेका छन् । मेस्सीले गत सिजन ३४ गोल गरेर पाँचौंपटक पिचिची अवार्ड जितेका थिए ।

Advertisement
Advertisement

अब सिजन २०१८÷१९ मा पनि सर्वाधिक गोलकर्ता बने मेस्सीले जर्राको सर्वाधिक धेरै पिचिची अवार्ड जित्ने रेकर्डसँग बराबारी गर्नेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top