स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकको वार्ता निष्कर्षविहीन

स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकको वार्ता निष्कर्षविहीन

काठमाडौं, फागुन १३
कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्ष्विहिन भएपछि चिकित्सक संघले आन्दोलन जारी राख्ने भएको छ ।

सरकारलाई आफ्नो माग पुरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको सरकारी चिकित्स संघ र सरकारबीच सोमबार भएको वार्ता निष्कर्ष्विहिन भएपछि चिकित्सकहरुले आफूले घोषणा आन्दोलनका कार्यक्रम जारी राख्ने भएका हुन् ।

वार्ताका लागि मन्त्रालयका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे थिए भने सरकारी चिकित्सकका तर्फबाट भने नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेल लगायत थिए।

वार्तामा मन्त्रालयको टोली सरकारी चिकित्सकका मागका विषयमा गम्भीर नभएपछि वार्ता निष्कर्ष्विहीन भएको चिकित्सक संघले जनाएको छ । वार्ता निष्कर्ष्विहिन भएसँगै सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् ।

चिकित्सकहरुले घोषणा गरेका विरोध कार्यक्रम अन्तर्गत सबै सरकारी अस्पताल प्राङ्गगणमा बिहान १० देखि ११ बजेसम्म विरोध तथा सचेतना धर्ना दिने, १४ गतेभित्र माग पूरा नभए १५ गतेबाट देशभरिका सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बहिस्कार, १५ गते नै सरकारले मनाउन लागेको स्वास्थ्य सेवा दिवस बहिस्कार गर्ने र यति हुँदा पनि सरकारले आफ्नो मागप्रति कुनै चासो नदेखाए सामूहिक राजीनामा बुझाउने रहेको छ ।

कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने माग गर्दै पुसको अन्तिम सातादेखि सरकारी चिकित्सकहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.