मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग : नेपालमै पहिलो पटक प्रयोग गरियो अत्याधुनिक थ्रीडी ओसिटी मेसिन

१५ फागुन ७५, बिहीबार

विराटनगर, फागुन १५
नोबेल शिक्षण अस्पतालले मुटु रोगको स्तरीय उपचारका लागि नेपालमै पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ । मुटुको जटिल एन्जियोप्लाष्टिका लागि अत्यन्तै उपयोगी मानिने यो मेसिन नेपालमै पहिलो पटक भित्राईएको हो ।

नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले रिबन काटेर मेसिनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपालमै पहिलो पटक अत्याधुनिक उपकरण प्रयोगमा ल्याएर मुटुरोगको स्तरीय उपचार थालेको भन्दै नोबेललाई बधाई ज्ञापन गरे । ‘नेपालमै पहिलो पटक नोबेलले अत्याधुनिक उपकरण ल्याएर उदाहरणीय काम गरेको छ ।’ उनले भने ‘प्रदेश नम्बर १ सवै काममा पहिलो हुँदै जानु प्रदेशबासीका लागि खुशीको कुरा हो ।’ प्रदेश सरकारले बिराटनगरलाई मेडिकल हबको रुपमा बिकास गर्ने भन्दै उनले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न सहयोगका लागि तत्पर रहेको बताए ।

Advertisement

त्यस्तै प्रदेश नं. १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निजी क्षेत्रबाट नोबेल अस्पतालले उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरे । कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगको उपचारका लागि नोबेलले मुलुकमै पहिलो पटक ओसिटी मेसिन ल्याएर उपचारमा प्रभावकारीता र स्तरीयता बढाएको प्रतिक्रिया दिए । सो अवसरमा बोल्दै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले समय अनुकुल नोबेलले सेवामा स्तरीयता बढाउँदै लगेको बताउँदै अव बैशाखबाट नोबेलले ओपन हार्ट सर्जरी सुरु गर्ने घोषणा गरे । कार्यक्रममा नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले ओसिटी मेसिनको बारेमा जानकारी गराएका थिए ।

Advertisement

ओसिटी मेसिन नोबेलले दुई करोडको लागतमा खरिद गरेको हो । कोरोनरी आर्टरी साँगुरिएका बिरामीहरुको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न यो मेसिन अत्यन्तै उपयोगी मानिन्छ । यसले नसा भित्रको भिडियो एक्सरे गरेर त्यहाँको वास्तविक अवस्था प्रष्ट रुपमा पत्ता लगाउँछ । जसका कारण स्टेण्ट हाल्नुपर्ने वा नपर्ने, हाल्दा कस्तो र कत्रो साईजको हाल्नुपर्ने, स्टेण्ट राख्दा राम्रोसँग मिल्यो कि मिलेन जस्ता सवै कुरा मेसिनकै माध्यमबाट पत्ता लाग्ने हुँनाले उपचार प्रभावकारी हुने डा.नेपालको भनाई छ । नोबेलले नेपालमै पहिलो पटक ओसिटी मेसिन प्रयोग थालेपछि मुटुको एन्जियोप्लाष्टिका लागि गुणस्तरीय र भरपर्दो उपचारको थालनी भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top