×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देश चलाउने ड्राइभर सही भएपनि बाटो गलत भयोःकमल थापा

१७ फाल्गुन २०७५

विराटनगर, फागुन १७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाइको वर्तमान सरकारले जनभावना अनुरुप कामगर्न नसकेको आरोप लगाएका छन् । सो पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शुक्रबार विराटनगरमा सम्बोधन गदै उनले भ्रष्टाचार तथा मुलुकलाई विखण्डनगर्न खोज्ने तत्वलाई सरकारले कार्वाही गर्न नसकेको बताए ।

उनले एनसेल करछली तथा वाइड वडी विमान खरिदको भ्रष्टाचार विषयलाई सरकारले सत्यतथ्य पत्ता लगाएर कारबाही प्रकृया अघि वढाए त्यसमा पार्टीको साथ र सर्मथन रहने बताए । उनले देश टुक्र्याउन खोज्ने र भ्रष्टाचारीलाई कार्वाही गर्न सरकार अघि वढे त्यसकालागि सरकारलाई आफनो पार्टीको सधै साथ रहने बताए ।

Advertisement
Advertisement

अध्यक्ष थापाले प्रधाममन्त्री केपी शर्र्मा ओली देश हांक्ने कुशल ड्राइभर भएको तर गाडीले गलत बाटो लिन खोजेकाले त्यसतर्फ गंभिर हुनु आवश्यक रहेको बताए । ड्राइभर सहि भएर बाटो गलतभयो भने गन्तव्यमा पुग्न नसकिने उनको भनाई थियो । अध्यक्ष थापाले, देश वचाउन देश बनाउन र देशलाई नया ढंगवाट अघि वढाउन आफनो पार्टीले मेची महाकाली राष्ट्रिय अभियान शुुरु गरेको प्रष्ट पारे ।

Advertisement

उनले धार्मिक स्वतन्त्रता सहित हिन्दुराष्ट्र स्थापना कामय नभएसम्म आफनो पार्टीले जनदबाव सृजना गरिरहने बताए । उनले अब सवै नेपाली अटाउने नयां राज्य व्यवस्था प्रणाली मुलुकका लागी आवश्यक रहेको उल्लेख गरे । राजसंस्थाको विषयमा सर्वपक्षिय गोलमेच सम्मेलन तथा संघियताका लागि जनमत संग्रह गर्नुपर्ने उनको भनाई थियो । तिनदिन अघि ताप्लेजुङवाट शुरु भएको स्वाभिमान यात्रा पांचथर, इलाम तथा झापाहुदै विराटनगर आई पुगेको हो । फागुन ३० गते काठमाण्डाँै पुगेर यात्रा सम्पन्न हुने सो पार्टीले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top