×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

शिवरात्रीमा पानी परेकै हुन्छ

२० फाल्गुन २०७५

काठमाडौँ : ‘अघिपछि त्यस्तै हो शिवरात्रीमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।

यसपटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्षमात्रै होइन, विगतका वर्षमा पनि शिवरात्री अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुमिएको उदाहरण धेरै छन् । धार्मिक पर्व र मौसमी चक्रमा हुने उतार–चढाव संयोग हो या नियमित मौसमी प्रकृया हो, यस प्रश्नमा संस्कृति र मौसमविद्का आ–आफ्नै तर्क छ ।

Advertisement

‘शिवरात्रीमा अपवादबाहेक पानी परेकै हुन्छ, ग्रह र नक्षत्रको प्रभावले यस्तो हुने गर्छ, संस्कृतिविद् डा.माधव भट्टराई भन्छन्–‘ऋतु परिवर्तन आसपासका धार्मिक पर्वहरु माघे संक्रान्ती, वसन्त पञ्चमी, शिवरात्रीको समयमा मौसम गडबढ भएकै हुन्छ ।’

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्षसमेत रहनुभएका भट्टराईका अनुसार सूर्य र बुध ग्रह अलग स्थानमा हुँदा महत्वपूर्ण धार्मिक पर्व आसपासमा वर्षा र मौसमी गतिविधिमा उतारचढाव आउने गर्छ ।

उनी प्रष्ट्याउँदै थप्छन्–‘दुवै ग्रहको अवस्था नियाल्दा अहिलेको हिउँदे वर्षा अझै २÷४ दिन लम्बिने संभावना छ, हावाहुरीसहित पानी पर्ने योग छ ।’

यता जल तथा मौसम विज्ञान विभागले पनि केही दिन अझै मौसममा उतार–चढाव आउने बताएको छ । विभागले स्याटेलाइट तस्वीर, सतही मौसमी मापन स्टेसन, मौसमी नक्साजस्ता अभ्यासको सूचना विश्लेषण गरेर हरेक दिन मौसमी विवरण अद्यावधिक गर्दै आएको छ । नेपालको हिउँदे झरी सक्रिय र निस्कृय गराउन भू–मध्य र अरब सागरबाट भित्रिने पश्चिमी वायुको प्रभाव रहने गरेको मौसमविद्हरु बताउँछन् ।

वायुमण्डल र सतहमा रहेको हावाको गति र दिशा, जलवाष्पयुक्त हावाको मात्रा अध्ययन÷अवलोकन गरेर मौसमी विवरण सार्वजनिक हुने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल बताउँछन् ।

‘सूर्य र पृथ्वीको दुरी, सूर्यको तापक्रमजस्ता कुराले मौसमी विवरण हेरफेर गराउँछ, मौसमी चक्रमा विज्ञान र धार्मिक पक्ष पनि जोडिएको हुनसक्छ, उनी भन्छन्–‘तर हामीले विज्ञानसँग जोडिएर मौसमी सूचना विश्लेषण गर्दै आएका छौ ।’

मौसममा आउने उतारचढावबारे विज्ञान र ज्योतिषशास्त्रको सम्बन्धबारे अध्ययन÷अनुसन्धान आवश्यक रहेको विभागका अधिकारी बताउँछन् । अमेरिकाकी अन्तरिक्ष केन्द्र (नासा)ले बैज्ञानिक अध्ययन–अनुसन्धानको पाटो फराकिलो बनाउन पूर्वीय दर्शन अनुसरण गर्न थालेको र भारतले पनि मौसम भविष्यबाणीका क्रममा ज्योतिषशास्त्रको सहयोग लिन थालेको संस्कृतिविद् भट्टराई बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाले भोली मंगलबारसम्म मौसम पूर्ण रुपमा सफा नहुने, आंशिक वदलीसहित हल्का वर्षा दोहोरिने बताएको छ ।

Advertisement

मौसमविद् मीनकुमार अर्यालका अनुसार आज सोमबारको तुलनामा भोली मंगलबारको मौसम केही बढी प्रभावित बन्नेछ । ‘मंगलबार तराईबाहेक पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने संभावना छ’–उनको भनाइ छ ।,यो समाचार टीका बन्धनले आजको नेपाल समाचारपत्रमा लेखेका छन् ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top