विराटनगर : तीन औद्योगिक घरानाको करिब एक अर्ब लगानीमा विराटनगरमा खुलेको सेन्ट्रल मलको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।एउटा सडकदेखि अर्को सडक छुनेगरी स्ट्रिट लेन डिजाइनमा निर्माण गरिएको मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।
मलको निर्माण विशाल गु्रप, देवेनरा गु्रप र हाईलाईफ गु्रपको संयुक्त लगानीमा गरिएको हो । उद्घाटन कार्यक्रममा देवेनरा गु्रपका तर्फबाट डाइरेक्टर प्रकाश मुन्दडा विराटनगरको ‘ल्याण्डमार्क’ का रुपमा मल सञ्चालन गरिएको दाबी गरे ।
विराटनगरमा सुविधासम्पन्न मल सञ्चालनमा ल्याईएकोले यसबाट प्रदेश १ को अस्थायी मुकामबाट विराटनगर आईपुग्ने जो सुकैले पनि किनमेलको वातावरण परिवर्तन भएको महसुश गर्ने बताए । मलमा अन्तराष्ट्रिय मापदण्डको सेन्ट्रल मल्टिप्लेक्स(सिनेमा घर) यसअघि नै सञ्चालन भईसकेको छ ।
सेन्ट्रल मलमा रहेका एकसय चारवटा पसलमा गुणस्तरीय र ब्राण्डेड कम्पनीको उत्पादनहरु बिक्रीका लागि राखिने जनाईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।