×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

मन्त्री पण्डितद्धारा अमडुवामा विद्यालय भवन र सडक शिलन्यास

२१ फाल्गुन २०७५

विराटनगर, फागुन २१
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवामा विद्यालय भवन र कालोपत्रे सडकको शिलन्यास गरेका छन् ।

Advertisement

नेपाल सरकारको तराई मधेश सम्मृद्धि कार्यक्रम अन्तर्गत सो गाउँपालिकाको वडा नम्वर ३ स्थित ६० लाख रुपैयाँको लागतमा नेपाल राष्ट्रिय शिव माध्यामिक विद्यालयको दुइतले पक्कि भवन र करिब २ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सोही वडाको २२ सय मिटर कालो पत्रे सडकको शिलन्यास गरेका हुन् ।

सो अबसरमा बोल्दै मन्त्री पण्डितले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागु गरेको बताए ।

सो कार्यक्रम आफ्नो मन्त्रालय मार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको बताए ।

भ्रष्टाचार विरोधी मन्त्रीका रुपमासमेत पहिचान बनाएका मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम मार्फत पहिलो पल्ट विद्यालय र सडकका लागि मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको बताउँदै सो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

उनले भने ‘पहिलो पल्ट तराई मधेश कार्यक्रम मार्फत यो गाउँपालिकालाई मात्र करिब ३ करोड बजेट उपलब्ध गराएको छु । इमान्दारिताका साथ काम गर्नुभयो भने अर्को बर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरी फेरी आश नगर्नु होला ।’

मन्त्री पण्डितले तराई मधेश सम्मृद्धि कार्यक्रम देशका २२ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, समुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायीक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए ।

उनले सो कार्यक्रम मार्फत सुनसरी जिल्लाका लागि मात्र १३ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको जानकारी दिए । उनले भने ‘जहिल्यै तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने थियो तर, सरकारले पहिलो तटक तराई मधेशका जनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ । सुनसरी जिल्लामा मात्र १३ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । यसबाट प्रयाप्त थुप्रै संरचनाहरु बन्नेछन् ।’

उनले तराई मधेशमा सिमा पारिको छिमेकी भन्दा बढी वारी नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफु निरन्तर लागि परेको बताए । मन्त्रि परिषदमा सो क्षेत्रलाई आधोगीक क्षेत्रका रुपम विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफु लागि परेको बताए ।

नेकपाका नेतासमेत रहेका मन्त्री पण्डितले सवैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धि आउन समय नलाग्ने बताउँलदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए । एक अर्को प्रसंगमा मन्त्री पण्डितले रात दिन काम चलिरहेको जानकारी दिँदै आगामी असार सम्ममा सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने दावी गरे ।

उनले सरकारले लोकसेवा आयोगका माध्यमबाट छोटो तरिकाले २० हजार कर्मचारी नियूक्ति गर्ने तयारि गरिरहेको बताउँदै असार मसान्त सम्ममा सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने बताए । उनले भने ‘छोटो प्रकृयाबाट २० हजार कर्मचारीको विज्ञापन गरेर कर्मचारी नियुक्त गर्ने प्रकृयामा हामी छौँ । ढुक्क हुनुस् असार सम्ममा कर्मचारी व्यवस्थापन भइसक्छ ।’

कार्यक्रममा पूर्व राज्य मन्त्री, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरीले निर्वाचनमा हारजित भएपनी आफ्नो पार्टीको सरकार रहेकाले आफु सो क्षेत्रको विकासका लागि सदैव लागि परिरहेको बताइन् ।

उनले सो क्षेत्रलाई औधोगिक क्षेत्रका रुपमा विकास गरि बेरोजगारी समस्या समाधान गर्न आफुले पहल गरिरहेको बताउँदै सो क्षेत्रको आवश्यकताका विषयहरु पूर्ती गर्न आफु निरन्तर लागि पर्ने बताइन् ।

उनले भनिन् ‘गणितिय हिसाबले निर्वाचनमा हार जित हुन्छ । तर म निर्वाचनमा पराजीत भए भन्दैमा यहाँको विकासबाट पछाडी हट्दिन । सँधै तपाइहरुको साथमै रहेर म यहाँको विकासमा निरन्तर लागि रहने प्रतिवद्धता म तपाइँहरु समक्ष गर्न चाहन्छु ।’

सो अबसरमा नेपाल कम्यूनिष्ट पार्टी प्रदेश नं. १ का सदस्य सत्यनारायण चौधरीले सरकारमा आफ्नो पार्टी रहेकाले तराइ मधेशको समृद्धि र विकास अब कसैले रोक्न नसक्ने बताए । उनले हाल सम्म कुनै सरकारले नगरेको र पहिलो पटक मुलुकम तराईका जनताका लागि पनि सरकार रहेको महसुस गराउन देशका २२ जिल्ला तराई मधेश समृद्धि कार्यक्रम लागु गरेर कार्यान्वनमा ल्याएको बताए ।

उनले सुनसरी र मोरङलाई एकिकृत गरि बहुसांस्कृतिक संग्राहलय बनाउने योजना आफ्नो पार्टीको रहेकाले सो कामको प्रकृया समेत अघि बढाउने दावी गरे ।

Advertisement

कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले राजनितिक आस्थाकै आधारमा पहिलो पटक सरकारले विकासमा विभेद नगरेको आभाष भएको बताए । बर्जु–३ का वडाध्यक्ष प्रदिपकुमार चौधरीले तराई मधेश समृद्धि कार्यक्रम मार्फत वर्षेनी सो गाउँपालिकाका लागि बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top