×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महिलाको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल बिस्तार : मुख्यमन्त्री राई

२२ फाल्गुन २०७५

विराटनगर, फागुन २२
प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले महिलाहरुको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल बिस्तारको तयारीमा रहेको बताएका छन् ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजना गरेको महिला हक अधिकारसम्बन्धी दुईदिने प्रादेशिक महिला सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका सहभागि महिला जनप्रतिनिधिहरुले प्रदेश सरकार महिलामैत्री नभएको प्रश्न उठाएपछि प्रत्युत्तरमा मुख्यमन्त्रीले महिलालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तारको तयारीमा रहेको प्रष्ट पारे । अब छिट्टै विस्तार हुने प्रदेश मन्त्रीमण्डलमा महिलाहरुलाई समुचित स्थान दिइने मुख्यमन्त्री राईको भनाई थियो ।

Advertisement
Advertisement

सहभागिले नै उठाएका जिज्ञासा को जवाफ दिँदै प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले १ नम्बर प्रदेशलाई महिलामैत्री बनाईने बताए। उनले त्यसका लागि ऐन, कानुन र निति निर्माण गर्नुपर्ने भएकाले त्यसको पूर्वअभ्यासका लागि दुइदिने कार्यक्रम गरिएको बताए । कार्यक्रमबाट प्राप्त सुझावले प्रदेश सरकारको महिलासम्बन्धी नीति, महिला उत्थानका कार्यक्रम र कार्ययोजना बनाउन सघाउ पुग्ने मन्त्री घिमिरेले बताए ।

Advertisement

नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशस्तरीय दुई दिने महिला सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा १ सय ३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ, महिला मानव अधिकारकर्मीको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top