लागुऔषध सहित धरानबाट ४ जना पक्राउ

लागुऔषध सहित धरानबाट ४ जना पक्राउ

सुनसरी, फागुन २२
सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुनेबाट ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राती साढे ८ बजेको समयमा अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा टेम्पोमा सवार धरान–१५ का ३६ बर्षीय बिकास लामा, धरान–६ बस्ने २४ बर्षीय दिनेश खड्का, धरान–५ बस्ने ३७ बर्षीय जस बहादुर राई र धरान–६ बस्ने बर्ष २४ का बिभष तामाङलाई ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र १ बोतल डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो ।

पक्राउ परेका ४ जनालाई नै ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जानएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.