चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

२६ पुस ७४, बुधबार
Share this
694shares

वीरगञ्ज, पुस २६
विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत चुहावट हुने गरेकाले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ ।

Advertisement

प्राधिकरणले लुकीछिपी विद्युत चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत चुहावट नियन्त्रण हँुदै गएको केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए ।

जम्मा ६७ हजार ग्राहक रहेको पर्सा जिल्लामा विद्युत चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत रु १३ लाख राजस्व उठाएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन् ।

Advertisement

सरकारी तथा अन्य कार्यालयबाट रु ५० करोड बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top