विराटनगरमा हुने महिला साफको तयारी अन्तिम चरणमा

विराटनगर, फागुन २३
यही फागुन २८ गतेबाट विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । साफ महिला फुटबल प्रतियोगितालाई लक्षित गरी मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

काठमाडौं बाहिर गरिएको यो गेम सफल भएमा अन्य गेम विराटनगरमा ल्याउन पनि सहज हुने बताउदै शेर्पाले सबैलाई सहयोग गर्न अनुरोध गरेका छन् । शेर्पाले खेलसमयका लागि सुरक्षाको भरपर्दाे प्रबन्ध गरेको पनि बताएका छन् । मैदानको बाहिरपट्टी पहिलो घेरामा स्वयमसेवक रहने छन भने दोस्रो घेरामा नेपाल प्रहरीको सुरक्षा रहने छ । यस्तै खेल अवधिभरमा विराटनगरमा जारी विकास निमार्णका क्रममा उत्पन्न हुने धुलो धुवालाई नियन्त्रण गर्न सडकमार्गलाई ब्यवस्थित गरी हरेक दिन पानी हाल्ने महानगरले प्रतिबद्धता जनाएको पनि शेर्पाले बताए ।

पछिल्लो समयमा विराटनगरमा बढ्दो ट्राफिक जामको ब्यवस्थापनका लागि पनि ट्राफिक प्रहरीसगको समन्वयमा जुनसुकै स्थानमा पार्किङ रोकिने र बढ्दो ट्राफिक ब्यवस्थापनको नयाँ रणनीति तय गरिएको उनले जानकारी दिए । उनले साफका विराटनगर महानगरपालिकाको १ करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेको पनि पत्रकार सम्मेलनमा उनले जानकारी दिए । खेल मैदानको मृमतका लागि मात्र १० लाख बजेट छुट्याइएको उनले बताए । ६ गतेबाट खेलाडी तथा अन्य एन्फाको व्यवस्थापकीय टिम विराटनगरमा आउने पनि उनले जानकारी दिए ।

प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ । उनीहरुलाई काठमाडौबाट विराटनगर ल्याउने टिकटको ब्यवस्थापनपनि एन्फाले नै गर्नेछ । नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने जनाइएको छ । यस्तै सम्पूर्ण तयारी तिव्र गतिका साथ धमाधम भैरहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top