विराटनगर,फागुन २५
एलपी ग्याँस विक्रेता संघ मोरङको १२ औं अधिवेशनले सरलराज पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, उपाध्यक्ष कल्पना गौतम, सचिव सूर्यमान वज्राचार्य , कोषाध्यक्षमा गणेश साहलाई छनौट गरेको छ ।
नयाँ कार्यसमितिको पदावधि २ बर्षको रहने छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै ग्याँस विक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले ग्याँस व्यवसायीहरुका मागलाई सरकारले वेवास्ता गरेको बताए ।
उनले ५ प्रतिशत कमिशनको माग राखेर ग्याँस व्यवसायीहरुले शान्तिपूर्ण आन्दोलन गरेको बताउदै सरकारले वेवास्ता गरेको बताए ।उनले यसका लागि सम्पूर्ण ग्याँस व्यवसायीहरु एकजुट भएर आफनो मागलाई कार्यान्वयन गर्न लाग्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका सांसद जयराम यादवले प्रदेश सभाको बैठकमा ग्याँस व्यवसायीहरुका समस्या राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सरलराज पोखरेलले १३ सय ४८ रुपैया किनेर १३ सय ८० रुपैया बेचेको बताउदै एक सिलिन्डर बराबर ३२ रुपैया मात्र हुने र त्यसले सटर भाडा, स्टाफलाई तलब दिन नपुग्ने बताउँदै ग्याँस व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो गरे । यस्तै कार्यक्रममा युवा उद्यमी नविन रिजाललाई टोपी , खादा, माला र सम्मानपत्रले अभिनन्दन गरिएको थियो ।