चरेससहित तीन जना पक्राउ

चरेससहित तीन जना पक्राउ

धादिङ – धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.