×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

देश घुम्ने नेपालीको पहिचान हुँदै, अर्थतन्त्रमा योगदान पनि खोजिने

२६ फाल्गुन २०७५

काठमाडौं । सरकारले देश घुम्ने आफ्ना नागरिकहरुको पहिचान गर्ने भएको छ । सरकारले देश घुम्ने नेपालीहरुको तथ्यांक संकलन गर्न तथ्यांक विभागलाई जिम्मा दिएको छ र विभागले प्रारम्भिक अध्ययनको काम अघि बढाउन लागेको छ । तथ्यांक विभागका निर्देशक जिष्णुमोहन भट्टराईका अनुसार प्रारम्भमा ५ सय परिवारमा पाइलट अध्ययन गरिनेछ । त्यसका आधारमा आगामी वर्षमा विस्तृत अध्ययन हुनेछ ।

सरकारले ‘पहिले देश अनि विदेश’ भन्ने नारासहित आन्तरिक पर्यटन प्रवद्र्धन गरिरहेको छ । सोही अभियान अन्तर्गत आफ्ना नागरिकहरुलाई देशका गन्तव्यहरुको भ्रमणमा अभिप्रेरित गरिरहेको छ । ‘आन्तरिक पर्यटन उपभोग सर्वेक्षण २०७५।७६’ नाम दिईएको अध्ययनमा ८ पृष्ठ लामो प्रश्नावली समेटिएका हुनेछन् ।

Advertisement
Advertisement

 

प्रारम्भिक अध्ययनका लागि नेपाल पर्यटन बोर्डले ५० लाख रुपैंयाँ उपलब्ध गराउनेछ । आगामी आर्थिक वर्षमा गरिने राष्ट्रिय सर्वेक्षणका लागि भने ४ करोड रुपैंयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

कसरी हुन्छ सर्वेक्षण ? 
तथ्यांक विभागले सात वटै प्रदेशमा नमुना छनौट गरेर अध्ययन अघि बढाउनेछ । अध्ययनमा एक घरबाट एक जना सदस्य मार्फत परिवारको विस्तृत विवरण लिइनेछ । सो परिवारबाट एक वर्षभित्र कति जना सदस्यले कुन प्रयोजनका लागि, कति खर्च गरेर कति समयका लागि आन्तरिक पर्यटन गन्तव्यको भ्रमण गरे भन्ने आंकडा निकालिनेछ ।

त्यस्तै, कुन महिनामा घुमेको हो, कस्तो प्रकृतिको सवारी साधनको उपयोग गरेको हो ? कुन प्रयोजनका लागि घुमफिर गरेको हो ? घर/डेरा वा अफिसबाट कति टाढाको यात्रा गरेको हो ? कुन कुन प्रयोजनमा कति खर्च भएको भन्ने विवरण समेटेर ३० दिने अवधीको पनि अर्काे तथ्यांक निकालिनेछ ।

Advertisement

के हुन्छ अध्ययनबाट ? 
‘आन्तरिक पर्यटन उपभोग सर्वेक्षण २०७५/७६’ले नेपालीहरुको घुमफिर गर्ने प्रवृत्ति पत्ता लाग्नेछ । नेपालीहरुले आन्तरिक भ्रमणमा कति खर्च गर्छन् भन्ने तथ्य समेत पत्ता लगाउने यो अध्ययनले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति छ भन्ने समेत एकिन गर्न सहज हुने विभागका निर्देेशक भट्टराईले बताए । यो अध्ययनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा कस्ता कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने समेत पत्ता लाग्ने भट्टराईले जानकारी दिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top