मन्त्रिमण्डल पुनर्गठन र एकताकाे काम प्याकेजमा टुंग्याउने ओली-प्रचण्डको तयारी

मन्त्रिमण्डल पुनर्गठन र एकताकाे काम प्याकेजमा टुंग्याउने ओली-प्रचण्डको तयारी

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् ।

यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्। मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए।

लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ। गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए। ‘लगानी सम्मेलन नजिकिएको छ, पार्टीभित्रको संगठनात्मक एकताको काम पनि टुंगिँदैछ। त्यसपछि मनित्रमण्डल पुनर्गठन हुन्छ,’ ती सल्लाहकारले भने।

मुलुक स्थिरतातर्फ उन्मुख रहेको जानकारी दिँदै वैदेशिक लगानी आकर्षित गर्न र लगानीका क्षेत्र स्पष्ट पार्ने उद्देश्यले सरकारले लगानी सम्मेलन गर्न लागेको हो। पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको छ।,यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.