सामूहिक विष सेवन गर्दा एककाे मृत्यु

वीरगञ्ज : पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले सोमबार बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध बढ्दै गएको भए पनि संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण खुलिनसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले बताए । यता संजय दास थारूसँगै ती किशोरीहरूलाई भगाउन पुगेका चार र पाँच जनाको समूहमा आएका युवामध्ये ४ जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर त्यहाँको प्रहरी चौकीमा बुझाएको प्रहरीले बताएकाे छ ।,याे समाचार कृष्णउदास खनालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top