×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा वार्षिक करिब सवा तीन लाख छाेरीकाे जीवन गर्भमै सीमित

२ चैत्र २०७५

काठमाडौं : छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् ।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो ।

Advertisement
Advertisement

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन् । तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन् । ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ ।

Advertisement

स्त्री तथा प्रसूति विशेषज्ञ डा. हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन् । ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा. तुलाधरले भनिन् । याे समाचार दिनेश गाैतमले अन्नपूर्णमा लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top