NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ?

सोमवार चैत्र ४ , २०७५
Reading Time: 1 min read
A A
को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको खोजी तीब्र पारेको छ भने ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता यतिबेला भूमिगत भएका छन । कतिपयले विप्लवको नेतृत्वमा देशमा दोस्रो ‘जनयुद्ध’ हुन लागेको भनेर टिप्पणी पनि गरिरहेका छन् । विप्लव समूहलाई प्रतिबन्ध लगाएको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सो समूहमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन । प्रधानमन्त्रीले सरकारले विप्लव समूहलाई नचिन्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले विप्लव समूहले बम पडाकाएर विध्वंस मच्चाउन खोजेकै कारण प्रतिबन्ध लगाइएको प्रष्ट पारे । विप्लव समूह कुनै मान्यता प्राप्त संस्था नभएको भन्दै धम्काएर लुटपाट गरेर मान्छे मारेर विप्लव समूहले आतंक मच्चाएकाले उसलाई प्रतिबन्ध गरेको उनले बताएका छन ।

उनले विप्लव समूहले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी पनि दिएका छन । प्रधानमन्त्री ओलीले चन्दाका नाममा धम्की आए नमान्न पनि सबैलाई आग्रह गरेका छन । विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने चेतावनी दिए ।

Advertisement

केही दिन अगाडि विप्लवले मार्नेको सुचीको पहिलो नम्बरमा आफूलाई राखेको भनेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै विप्लवलाई देखेर दया लागेकोको पनि टिप्पणी गरे । उनले विप्लवलाई बाटो सच्चाउन पनि आग्रह गरेका छन । उता सरकारको प्रतिबन्धपछि हतारमा समर्थन गरेको कांग्रेसले एकाएक प्रतिबन्ध समाधानको उपाय नभएको भन्दै वार्तामा आउन आग्रह गरेको छ । आखिर को हुन् त विप्लव ? हामीले यहाँ विप्लवका बारेमा हालसम्म प्राप्त जानकारी प्रस्तुत गर्ने जर्मको गरेका छौँ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाको केवरीमा मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा जन्मिएका हुन । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् । विप्लवका बाजेका सात भाइमध्ये छ भाइ लाहुरे थिए । यसी हेदौ विप्लव लाहुरेका नाति हुन ।

विप्लवको बाल्यकाल रोल्पामै बित्यो। उनले लिवाङको बालकल्याण माध्यामिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू उनी बाल्यकालमा लाहुरेसँग लडाइँको कुरा गर्न मन पराउँथें । विप्लवमा विद्यालय तहमा पढ्दादेखि नै राजनीति चेत थियो । उनले २०३९ सालमा अखिल छैठौंबाट राजनीति सुरू गरेका थिए । त्यसको ४ वर्षमै विप्लव विद्यार्थीको रोल्पा अध्यक्ष भए भने त्यही वर्ष उनले एसएलसी पास गरेका हुन् ।

लगत्तै उनी पढ्न काठमाडौं गए । नेपाल ल क्याम्पसमा कानुन पढ्न भर्ना भए । विप्लवले २०४८ सालमा स्नातक तेस्रो वर्षमा भर्ना हुन पाएनन् । त्यतिबेला एकता केन्द्र मसालको सदस्य बनिसकेका विप्लव सक्रिय राजनीतिमा अघि बढे । यसबीच २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सर्न पुग्यो ।

विप्लवले सुभद्रा मल्लसँग बिहे गरे भने उनीहरूका दुई छोरा र एक छोरी छन् । विप्लवको नाममा कपिलवस्तुमा रहेको जमिन पनि पार्टीको नाममा बुझाएका थिए । विप्लवले कहिल्यै जागिर खाएनन् । माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी उपाध्यक्ष थिए । त्यस बेला जनयुद्ध थालनी गर्न पार्टी नेतृत्व डराएको भन्दै विप्लवले भनेका थिए–बुढाहरूले छिटो जनयुद्ध सुरू नगर्ने हो भने हामी सुरू गर्छौं । जनयुद्ध लड्न उनले हतियारसमेत जम्मा गर्न थालेका थिए ।

तत्कालीन माओवादीले २०५२ फागुन १ बाट जनयुद्ध सुरु गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए । २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाएको थियो । विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे ।

२०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए । कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुटेका थिए ।

त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए । कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बनेका थिए । नेतृत्वको कमजोरी खरो ढंगबाट नडराइ बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाडे उनको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्यापे । माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि दाहाल र विप्लवको सम्बन्ध बिग्रियो ।

पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बनेका थिए । दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध थियो । २०६४ साल साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले नेतृत्वको विरोध गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे ।

त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए । विप्लवले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए । त्यसको चार वर्षमा २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लव पनि नयाँ पार्टी गठनमा लागे । वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ मा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाए ।

अहिले उनी नेपाल कम्युनिष्ट पार्टीका महासचिव छन् । २०४५ र २०५० सालमा पटकपटक जेल परेका विप्लव शान्ति प्रक्रिया पछि पनि कुनै लाभको पदमा छैनन् । विप्लव पछिल्लो समय एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि लागिपरेका छन् । विप्लव २०७४ देखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सँगै जनयुद्ध लडेका रामबहादुर थापा गृहमन्त्री भएका बेला पूर्वसहयोद्धा विप्लव फेरि भूमिगत छन् । नेपालको राजनीति हो हिजो एउटै थालमा खाएका विप्लव र थापा प्रतिबन्धपछि अहिले एकअर्कालाई प्रमुख‘शत्रु’मा रुपमा परिभाषित गरिहेका छन् ।

गत भदौमा संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुपर्ने कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ । यता वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएका कारण वार्ता हुन नसकेको सरकार पक्षको भनाइ छ ।

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे
ताजा समाचार

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.