प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरण : एटीसीको कान जाँच्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो।

अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो ।

Advertisement

यती एयरलाइन्सको उक्त एटीआर विमान अल्फा माइक नोभेम्बरले काठमाडौं विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा भीभीआईपी सवार रहेको एटीसीलाई जानकारी गराएका थिए । तर, एटीसीले भीभीआईपी सुन्नुपर्नेमा भीआईपी मात्रै सुनेको स्रोतले बतायो।

‘पाइलटले भीभीआईपी भनेको तर, काठमाडौं टावरमा रहेका एटीसीले भीआईपी मात्रै सुनेर प्रधानमन्त्री चढेको विमानलाई होल्डमा राखेछन्,’ स्रोतले भन्यो, ‘त्यसैले छानविन समितिले एटीसीहरुको सुन्ने क्षमतामा कमजोरी औल्याउँदै नागरिक उड्डयन प्राधिकरणलाई कान जाच्नुपर्ने सुझाव दिएको हो।’ ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top