×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडाैँमा विस्फाेट गराउँदै हिडेका नेता बैठक सकेर फर्कंदै गर्दा पक्राउ

७ चैत्र २०७५

काभ्रे : नेकपा माओवादी विप्लव समूहका नेताहरु बैठक सकिएर फर्कदै गर्दा पक्राउ परेको विप्लव समूहका नेताहरुले बताएका छन् । ‘बैठकमा सहभागी भएर फर्कदै गर्दा नेताहरु पक्राउ परे’ –विप्लव समूहका एक नेताले बताए ।

प्रहरीले भने महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौंमा पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका–२ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई पक्राउ गरिएको बताएको छ ।

Advertisement
Advertisement

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेकाले आत्मरक्षाका लागि ४ राउन्ड फायर गरेको बताएको छ ।

पक्रकाउ परेकाहरुको साथबाट मोबाइल ६ थान, चार्जर ४ थान, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताव तथा अन्य मोबाइलहरु समेत फेला परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई नख्खुमा रहेको एनसेल कार्यालय अगाडि गत फागुन १० गते बम विस्फोटन गराई एक जनाको मृत्यु भएको तथा दुई जना घाइते भएको र सोही दिन बेलुका काठमाडौको कमलपोखरी अगाडिको लोत्सेचोकमा रहेको आँगन मिठाई पसलमा बम विस्फोट गराएको अभियोग लगाइएको छ ।

फागुन २४ गते बेलुका वसुन्धरामा रहेको रोहन गुरुङको घरमा बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । सबै घटनामा विप्लव समूहका मध्यक्षेत्रीय कमान्डरहरु संलग्न रहेका प्रहरीको निष्कर्षसहित उनीहरुको खोजी गरिरहेको थियो ।

Advertisement

मध्यक्षेत्रीय कमान्डमा प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओलीको कमान्डमा काठमाडौंका सबै घटनामा पक्राउ परेका कमान्डहरुको संलग्नता रहेको थियो । ११ जनाको साे समूहमा विभिन्न जिल्लाका नेताहरु सहभागी थिए । काठमाडौमा आक्रमणपछि काभ्रेको रोशी तथा महाभारत क्षेत्रमा लुकेर बसेको प्रहरीको सूचना थियो । सोमबार देउपुर हुँदै विप्लब समूहको टोली रोशी गाउँपालिका माथि काफलडाँडा नजिकै बैठक बसेको थियो । ,याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top