सप्तरी, चैत्र १४
सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस घटनाको पुष्टि गरेका हुन ।प्रश्नपत्र बुधबार राती ११ बजे नै बाहिरीएको भन्ने आशंका भएको छ । जिल्लामा छ्यापछ्याप्ती देखिएको विज्ञान विषयको परीक्षा प्रश्नपत्र केही सक्कली र केही नक्कली भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रश्नपत्र बाहिरिएपनि विहीबारको परीक्षा निर्वाध रुपमा सञ्चालन भएको छ । परीक्षा रद्द गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्नेबारे छलफल भइरहेको बताईको छ । यस्तै प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट बाहिरियो भन्नेबारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।