काठमाडौं, चैत १४
केन्द्रिकृत प्रणालीमा रहेका कर्मचारीहरुलाई संघीय संरचनामा समायोजन गर्ने काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समायोजनको काम टुंगिएको जानकारी दिएको हो ।
कर्मचारी समायोजन महाशाखा प्रमुख केशर पण्डितका अनुसार संघमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ४३ हजार ८०७ कर्मचारी समायोजन भएका छन् । निजामती कर्मचारीहरुको स्वीकृत दरबन्दी भने एक लाख ३७ हजार ६ एक लाख ३७ हजार ६ सय १४ छ ।
पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूले मन्त्रालय सम्हालेको एक वर्ष १२ दिनमा समायोजनको काम सकेको बताए ।
सरकार गठन भएको एक वर्षभित्रै समोजन गरिसक्ने लक्ष्य भए पनि अनलाइन फारम भर्दा कतिपय कर्मचारीले पूरा विवरण नभरेको र भरेको तथ्यांक पनि गलत पाइएकाले काम सक्न ढिलाइ भएको उनले दाबी गरे ।