लोकसेवाले चैतभित्रै माग्दैछ २० हजार कर्मचारी, फास्टट्रयाकबाट विज्ञापन

काठमाडौं : समायोजन सकिएसँगै लोकसेवा आयोगको परीक्षाका लागि बाटो खुलेको छ। चैतभित्रै २० हजार निजामती कर्मचारीका लागि विज्ञापन आह्वान हुने भएको छ।

आगामी वर्ष साउन १ गतेभित्र सबै प्रदेश स्थानीय तहमा कर्मचारी पुर्याउने लक्ष्यसहित फास्ट ट्र्याकबाट विज्ञापन गर्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए।

चैत मसान्तभित्रै विज्ञापन आह्वान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवासँग छलफल गरिरहेको छ। सरकारले साउन १ गतेभित्रै सातवटै प्रदेशका सबै मन्त्रालय र ७५३ स्थानीय तहमा सबै कर्मचारी पुर्याउन काम गरिरहेको जनाएको छ। समायोजनका कारण यो वर्ष लोसेवाको कार्यतालिका प्रभावित हुँदै आएको छ।

समायोजनपछि पनि अझै ३७ हजारमन्दा बढी कर्मचारी अपुग रहेको मन्त्री पण्डितले जानकारी दिए। सरकरले संघ, प्रदेश र स्थानीय तहमा एक लाख कर्मचारी समायोजन गरेको छ। प्रदेशमा एक लाख ३७ हजार दरबन्दी कायम छ।,याे खबर आजकाे अन्नपूर्ण पोस्टमा छ।

Scroll to Top