एजेन्सी, चैत १८
नेपाली स्पिनर सन्दीप लामिछानेले किङ्स ११ पन्जाब विरुद्धको खेलमा दुई विकेट हात पारेका छन् ।उनले ४ ओभरमा मात्र २७ रन खर्चेर २ विकेट लिए ।दिल्ली क्यापिटल र किङ्स ११ पन्जाबबीचको जारी खेलमा लामिछानेले सरफराज खान र साम करनको विकेट लिएका हुन् ।
दिल्लीको लागि सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरमै पन्जाबका साम करनलाई एलबिडब्लु गरेका हुन् । सन्दिपको पहिलो ओभरको तेस्रो बलमा कुरानले छक्का प्रहार गरेका थिए । त्यसलगत्तै सन्दिपले विकेट लिएका हुन् ।
त्यस्तै आफ्नो चौथो ओभर(१४ ओभर) मा उनले सरफाराज खानको विकेट लिएका हुन । आजको खेलका लागि सन्दीपले चार ओभर बलिङ गरिसकेका छन् भने २७ रन दिएर दुई विकेट लिएका छन् । जारी आईपीएलमा यसअघि शनिबार कोलकतासँगको खेलमा मौका पाएका सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।