विराटनगर,चैत १९
मोरङको उर्लावारी १ मा मानववस्तीको बीचमा स्थापना भएका क्रसर उद्योगको विरुद्धमा स्थानीय आन्दोलित भएका छन् । मापदण्ड विपरित वस्तीकोबीचमा स्थापना भएका क्रसरले निकाल्ने धुलो, धुवाँ ध्वनी तथा वातावरणीय प्रदुषणले मानिसहरुमा असर परेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
उनीहरु ५ दिनदेखि उर्लावारी १ विहीवारेमा त्रिपाल टाँगेर रिले अनसनमा बसिरहेका छन् । क्रसरबाट प्रत्यक्ष पिडीत शम्मरबहादुर राईको नेतृत्वमा वडाबासीहरुले अनसन सुरु गरेका हुन् ।आन्दोलनका क्रमम उनीहरुले सडक अबरुद्ध गरी क्रसरमा जाने ट्रिपर, लोडर सहितका सामग्री अवरोध गरेका छन् ।

घर वस्तीको ७० मिटर मात्र दुरीमा रहेको पञ्चेश्वरसहितका क्रसर उद्योगको आवाजले राती सुत्न वाधा गरेको साथै धुलोले वालीनालीलाई असर गरी मानिसहरु विरामी पर्न थालेको स्थानीयहरुको भनाई छ । उनीहरुले क्रसर बन्द नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।